मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै


काठमाण्डु-मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बिहान ९ बजे बोलाएका हुन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ ।

पूर्वसभामुख दमननाथ ढुंगानाको निधनपछि राज्यले उनलाई दिने सम्मानका विषयमा सरकारले निर्णय गर्ने जनाइएको छ । त्यस्तै बैठकले केही आवश्यक विषयमा पनि निर्णय गर्न सक्ने बताइएको छ ।

मन्त्रिपरिषद्को सोमबार बस्ने बैठक नियमित भएकाले केही नियुक्तिसँगै प्रशासनिक निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।