काठमाण्डु-राष्ट्रिय योजना आयोगका विशेष अधिकृत डा. बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन् । उनी आइतबार राष्ट्रिय योजना आयोगमा हाजिर भएका थिए । मन्त्रिपरिषद बैठकले उनको राजीनामाबारे निर्णय गर्ने छ ।
भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि सरकारी सेवामा पुनः फर्केका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कात्तिक २० मा योजना आयोगमा रमाना पठाएको थियो । मुद्दा जितेर निलम्बन फुकुवा भएकाले उनी पुनः सरकारी जिम्मेवारीमा फर्किएका थिए ।
डा. अर्यालमाथि अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको आरोपमा असार ९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।
उनलाई योजना आयोगमा सरुवा गर्ने निर्णय गर्दै सरकारले विशिष्ट श्रेणीको पद सिर्जना गरेको थियो । तर, यो पदमा कुनै स्पष्ट कार्यक्षेत्र भने तोकिएको थिएन ।
प्रतिक्रिया