गुन्डा नाइके सत्यमान लामा काठमाण्डौबाट पक्राउ

गुन्डा नाइके सत्यमान लामा काठमाण्डौबाट पक्राउ


काठमाण्डु – चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका गुन्डा नाइके सत्यमान लामालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ।

जिल्ला अदालत काठमाडौंले २०८० चैत २७ गते २ वर्ष कैद र ३० लाख बिगो र ३० लाख जरिवाना सजाय हुने फैसला गरेका लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

काभ्रेको तेमाल घर भई काठमाडौं महानगरपालिका–४ बस्दै आएका लामा द्धचित्त र रक्तचन्दन व्यापारमा पनि मुछिएका थिए ।

दावा लामाका सहयोगी लामा २०७५ सालमा किसानको बुद्धचित्त माला लुटपाट गरेको आरोपमा पक्राउ परेका थिए ।

प्रवक्ता एसपी अधिकारीले पक्राउ परेका लामालाई सजाय भुक्तानीका लागि अदालतमा उपस्थित गराएर कारागार पठाइने जानकारी दिए ।