काठमाण्डु – पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ ।
८३ वर्षको उमेरमा आइतबार ढुंगानाको निधन भएको थियो । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत उनको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको हो ।
त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको थियो । अहिले सानो गौचरणमा उनीप्रति अन्तिम श्रद्धान्जली दिन सर्वसाधारणको बाक्लो उपस्थिति छ ।
सानो गौचरणमा श्रद्धाञ्जलिपछि पशुपति आर्यघाटमा आजै उनको अन्त्येष्टि गरिने कार्यक्रम तय भएको छ । नेपाल सरकारले राजकीय सम्मानका उनको अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।
उनको निधनमा सरकारले आज सार्वजनिक बिदा दिएको छ भने, झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया