काठमाण्डु – नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा एक दिन पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले मंसिर ३ र ४ गते कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
साथै मंसिर ४ गते केन्द्रीय कार्यालय बन्द गर्ने र स्वर्गारोहणको १३ औं दिनमा केन्द्रमा शोक सभाको आयोजना गर्ने पनि निर्णय केन्द्रीय समितिले गरेको पौडेलले जानकारी दिए ।
बैठकले पूर्वसभामुख ढुंगानाको निधनमा गहिरो दुःख व्यक्तसमेत गरेको मुख्यसचिव पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
ढुंगनाको ८३ वर्षको उमेरमा राजधानीको फ्रन्ट लाइन अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको थियो ।
प्रतिक्रिया