गुरुङद्वारा एमालेलाई जग्गा दान विवादको मुद्दा हेर्न नभ्याउनेमा

गुरुङद्वारा एमालेलाई जग्गा दान विवादको मुद्दा हेर्न नभ्याउनेमा


काठमाण्डु – भाटभटेनी सुपर मार्केट्सका मालिक मिनबहादुर गुरुङले एमाले पार्टी कार्यालय निर्माणका लागि दिएको जग्गासम्बन्धी मु्द्दा आज पनि हेर्न नभ्याउनेमा परेको छ ।

मंगलबार रिट निवेदनको पेसी न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा तोकिएकोमा हेर्न नभ्याउनेमा परेको हो । आइतबारआइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको इजलासमा पेसी परेकोमा त्यसदि न पनि हेर्न नभ्याउने भन्दै स्थगित गरिएको थियो ।

अधिवक्ता ज्ञानबहादुर बस्नेतले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले १२ कात्तिकमा अल्पकालिन अन्तरिम आदेश जारी गर्दै गुरुङसँग जग्गा लिने कार्य तत्कालका लागि अघि नबढाउन आदेश दिएको थियो ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले त्यस्तो आदेश दिए पनि त्यसपछि यो मुद्दा इजलाशमा पर्दै हेर्न नभ्याउनेमा पर्दै आएको छ ।

अधिवक्ता बस्नेतले एमालेलाई जग्गा दान दिने गुरुङको निर्णय अन्तरिम आदेश मार्फत बदर गर्न माग गर्दै कात्तिक ७ गते रिट दायर गरेका थिए ।