चिनियाँ र पाकिस्तानी सेनाले आतङ्कवाद विरोधी संयुक्त अभ्यास गर्ने

चिनियाँ र पाकिस्तानी सेनाले आतङ्कवाद विरोधी संयुक्त अभ्यास गर्ने


एजेन्सी– चिनियाँ जनमुक्ति सेनाको पश्चिमी कमान्डले नोभेम्बरको अन्त्यदेखि डिसेम्बरको मध्यसम्म संयुक्त आतङ्कवाद विरोधी अभ्यासमा भाग लिन पाकिस्तानमा सेना पठाउने चिनियाँ रक्षा मन्त्रालयले मङ्गलबार घोषणा गरेको छ ।

यो अभ्यास आतङ्कवाद विरोधी अपरेसनहरूमा केन्द्रित हुने जनाइएको छ । दुवै पक्ष बहु–स्तरीय तथा मिश्रित प्रशिक्षणमा संलग्न भई वास्तविक लडाई प्रक्रिया अनुसार प्रत्यक्ष सैन्य अभ्यास आयोजना गर्ने मन्त्रालयले जनाएको छ ।

यो चिनियाँ र पाकिस्तानी सेनाहरू बीचको श्रृंखलाको आठौं संयुक्त अभ्यास हो, जसको उद्देश्य व्यावहारिक आदानप्रदान र सहयोगलाई सुदृढ बनाई संयुक्त आतंकवाद विरोधी अपरेसनहरू सञ्चालन गर्ने क्षमता बढाउनु रहेको छ ।

यस अघि यस शृङ्खलाको अन्तिम संयुक्त अभ्यास सन् २०१९मा भएको थियो ।