उपनिर्वाचनको प्रचारप्रसारका लागि कल सेन्टर सञ्चालनमा

उपनिर्वाचनको प्रचारप्रसारका लागि कल सेन्टर सञ्चालनमा


काठमाण्डु– मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको प्रचारप्रसारका लागि कल सेन्टर सञ्चालनमा आएको छ ।

निर्वाचन आयोगले मतदाताका प्रश्न, गुनासा र समस्या समाधान गरी मतदाता नामावली, निर्वाचन कार्यक्रम, उम्मेदवारी दर्ता, मतदान प्रक्रिया लगायका सबै विषयमा आम मतदाता एवम सर्वसाधारणलाई जानकारी गराउनका लागि आयोगको कार्यालयमा कल सेन्टर सञ्चालनमा ल्याएको हो ।

आयोगले बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेगरी टोल फ्री नम्बर ११०२ रहेको कल सेन्टरको स्थापना गरेको आयोगका सहसचिव एवम प्रवक्ता नीता पोखरेलले जानकारी दिइन् ।

कल सेन्टरमा सम्पर्क राखेर उपनिर्वाचनका विषमया आफ्ना प्रश्न, गुनासा र जिज्ञासा राख्न आयोगले सबैलाई अनुरोध गरेको छ ।