काठमाण्डु-अभियान्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई आज अदालतमा पेस गरिँदैछ ।
मंगलबार भक्तपुरको कमेरोटारस्थित आफ्नै घरबाट पक्राउ परेका प्रसाईंलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले लाजिम्पाटस्थित कार्यालय पुर्याएको थियो ।
त्यसलगत्तै उनलाई स्वास्थ्य परीक्षणका लागि चिरायू अस्पताल लगिएको थियो । त्यसपछि सीआईबीले प्रसाईलाई साइबर ब्युरोको जिम्मा लगाएको छ ।
प्रहरीले मंगलवार नै अदालत लग्ने तयारी गरेको थियो । तर मुद्दा लगाउने विषय स्पष्ट नभएकाले आज मात्रै अदालतमा पेस गर्ने प्रहरीको तयारी छ ।
प्रसाईमाथि विद्युतीय अपराध नियन्त्रण ऐनसँगै मुलुकी फौजदारी संहितामा उल्लेखित बेइज्जती गर्न नहुने कसुर, झुठा प्रमाण बनाउन नहुने, राष्ट्रपति वा सांसद्लाई धम्की दिन नहुने लगायतका कसुरमा पनि अनुसन्धान हुनसक्ने राय दिएको छ ।
प्रतिक्रिया