सेयर बजार बढ्दा घट्यो कारोबार रकम, ८ कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो

सेयर बजार बढ्दा घट्यो कारोबार रकम, ८ कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो


काठमाण्डु–बुधबार सेयर बजार उकालो लागेको छ । हिजो ५१ अंकको गिरावट आएको बजार आज ९.०९ अंक बढेको हो । आज नेप्से परिसूचक २७०११ अंकमा कायम भएको छ । अघिल्लो दिन १० अर्ब ४६ करोडको कारोबार भएकोमा यस दिन ७ अर्ब ९ करोडमा खुम्चियो ।

यस दिन १४३ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने ११ को स्थिर रह्यो ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, जानाकी फाइनान्स, नेपाल फाइनान्स, हिमालय ऊर्जा विकास बैंक र बेस्ट फाइनान्स कम्पनी क्रमशः अगाडि रहे ।

आज ८ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोशी विकास बैंक, महिला लघुवित्त वित्तीय संस्था, कर्णाली विकास बैंक, जानाकी फाइनान्स र सपोर्ट माइक्रोफाइनान्सको मूल्य १० प्रतिशत बढ्यो ।

विकास बैंक समूह सबैभन्दा धेरै ३.३८ प्रतिशत बढ्यो । त्यस्तै फाइनान्स १.६६, होटल तथा पर्यटन ०.४५, हाइड्रोपावर १.२८, लगानी ०.२०, माइक्रोफाइनान्स ०.०७ तथा व्यापार ०.२७ प्रतिशत बढे । बैंकिङ सेक्टर ०.२६ प्रतिशत घट्यो । त्यस्तै जीवन बीमा ०.१८, निर्जीवन बीमा ०.२१ र अन्य ००७ प्रतिशत घटे । उत्पादन समूह स्थिर रह्यो ।