काठमाण्डु– साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार ओरालो लागेर बन्द भएको छ । यस दिन नेप्से ३१.३१ अंकले घटेर परिसुचक २६८० अंकमा घटेको हो ।
आज १ करोड ८४ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २५ करोडको कारोबार भयो ।
कारोबारमा आएका १९७ कम्पनि राताम्मे भएका छन् भने ४३ कम्पनिको सेयर मूल्य बढेको छ । यस्तै ४ कम्पनिको सेयर मूल्य स्थिर रहेको छ ।
फाइनान्स समूहको सूचक सबैभन्दा धेरै २.८६ प्रतिशत घट्यो । बैंकिङ ०.९०, विकास बैंक १.४७, होटल तथा पर्यटन १.७३, हाइड्रोपावर ०.९०, लगानी ०.९०, जीवन बीमा १.३६, उत्पादन १.५४, माइक्रोफाइनान्स ०.६८, निर्जीवन बीमा १.१६, अन्य १.६७ र व्यापार समूह ०.९८ प्रतिशत घटे । जानाकी फाइनान्सको मूल्य १० प्रतिशत घट्यो ।
कारोबारका आधारमा आज नेपाल फाइनान्सले सर्वाधिक २५ करोडको कारोबार भयो । यस दिन सामूदायीक लघुबित्त र थ्रि स्टार हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।
प्रतिक्रिया