काठमाण्डु-मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई मन्दिरनजिक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
वीरगन्जबाट पोखरातर्फ जाँदै गरेको ग२ख १६२१ नम्बरको बस ब्रेक फेल भई सडक छेउको खोल्सामा पल्टिएर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइतमध्ये बाराको पर्सैनी गाउँपालिकाकी ९ वर्षीया जोनीशा कुमारी ठाकुरको अवस्था गम्भीर छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ । अन्य १६
जना घाइतेमध्ये १४ जनाको अवस्था मध्यम र २ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूमा बारा, पर्सा, चितवन, कैलाली र स्याङ्जाका छन् भने चार जना भारतीय पनि घाइते छन् ।
प्रहरीले घाइतेहरूको उपचार हेटौँडा अस्पतालमा भइरहेकोछ ।
प्रतिक्रिया