नवनियुक्त राजदूतहरूद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश

नवनियुक्त राजदूतहरूद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश


काठमाण्डु – नेपालका लागि नवनियुक्त राजदूतहरूले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

नेपालका लागि इजरायली राजदूत श्मुलिक अरी बस, स्पेन र न्युजिल्याण्डबाट गैरआवासीय राजदूतद्वय क्रमशः जुन अन्टोनियो मार्च पुजोल र प्याट्रिक जोन राटाले बिहीबार ओहोदाको प्रमाणपत्र पेश गरे ।

समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो । नवनियुक्त राजदूतहरूलाई काठमाण्डुस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो ।