काठमाण्डु–मुगुको छायाँनाथ रारा नगरपालिका–९ मा रहेको रमणीयस्थल राराताल । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ ।
सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ ।
प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्याएका छन् ।
यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
तस्बिर रासस
प्रतिक्रिया