काठमाण्डु–काठमाडौंको एक होटलमा युवा–युवती मृत फेला परेका छन् ।
सिनामंगलमा रहेको होटल जन्मभूमिको एउटै कोठामा सुनसरी जिल्ला ठेगाना भएका करिव २५–२६ वर्ष उमेरका रमेश माझी र त्यस्तै उमेरकी नाम नखुलेकी युवती मृत फेला परेका हुन् ।
उनीहरू शनिबार साँझ ६ बजे उक्त होटलमा पुगेका थिए । चौथो तलाको कोठा नम्बर १२० मा बसेका उनीहरू आइतबार बिहान झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनीहरूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ । प्रहरी टोली घटनास्थलमा भर्खर पुगकाले थप विवरण आउन बाँकी रहेको उनले बताए ।
प्रतिक्रिया