काठमाण्डु–नेपाल भ्रमणमा आएका भारतीय भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी स्वेदश फर्किएका छन्। नेपालको ५ दिने औपचारिक भ्रमणमा आएका उनी आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारत फर्किएका हुन्।
स्वदेश फर्किदै गर्दा उनले नेपाल सरकार र नेपाली सेनाका प्रधान सेनापतिले न्यानो एवं सौहार्दपूर्ण आतिथ्यका प्रदान गरेको भन्दै धन्यवाद ज्ञापन गरेका थिए।
मंसिर ५ गते नेपाल आएका द्विवेदीले मंसिर ६ गते सैनिक मञ्च टुँडिखेलमा पुगेर वीर स्मारिकामा श्रद्धाञ्जली अर्पण गरेका थिए । यस्तै सोहि दिन उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेका थिए ।
उनले शनिबार मुस्ताङको मुक्तिनाथ मन्दिरको भ्रमण गर्दै पूजा गरेका थिए।
प्रतिक्रिया