कास्की – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।
न्यायाधीश भीमलाल बेलबासेकाे इजलासले रविलाई अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएकाे हाे ।
आइतबार कास्की जिल्ला अदालतले १५ दिनका लागि हिरासतमा राख्न अनुमति दिएको हो । कास्की हिरासतमा रहेका उनलाई गत कात्तिक २५ मा थपिएको १३ दिनको म्याद सकिएकोले पुनः अदालत उपस्थित गराइएको थियो ।
लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईं र रामकुमार खनाललाई पनि १५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
कात्तिक २ मा पक्राउ परेका लामिछानेमाथि हाल सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा जोडिएका उनलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा अनुसनधानका लागि पक्राउ पुर्जी जारी भएको छ ।
प्रतिक्रिया