काठमाण्डु– प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीको राजिनामा स्वीकृत भएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीको राजिनामा स्वीकृत गरेका हुन् ।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सचिव अधिकारीले स्वास्थ्यको कारण देखाएर मंसिर १० गतेदेखि लागू हुने गरी राष्ट्रपतिसमक्ष रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका थिए ।
१० गते देखि लागु हुनेगरी राष्ट्रपतिले राजिनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सभामुख देवराज घिमिरेको सिफारिसमा १८ असार २०८१ मा प्रतिनिधि सभाको सचिवमा नियुक्त भएका अधिकारीले ५ महिना नपुग्दै राजीनामा दिएका हुन् ।
प्रतिक्रिया