अष्ट्रेलियाका लागि आवासीय राजदूतमा चित्रलेखा यादव नियुक्त

अष्ट्रेलियाका लागि आवासीय राजदूतमा चित्रलेखा यादव नियुक्त


काठमाण्डु– अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा चित्रलेखा यादवलाई नियुक्त गरिएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई अष्ट्रेलियाका लागि आवासीय राजदूतमा नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।