काठमाण्डु–भारतका क्रिकेटर रिशव पन्तले आइपिएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका छन्। आइपिएल २०२५ का लागि आइतबारबाट सुरु भएको मेघा अक्सनमा रिशवलाई लखनउ सुपर जायन्टले २७ करोड भारूमा टोलीमा आबद्ध गरेको हो।
उनलाई भित्र्याउन सुरुदेखि नै रोयल च्यालेन्जर्स बेंग्लोर र लखनउबीच प्रतिस्पर्धा चलेको थियो। पछि बेंग्लोर पछि हट्दा लखनउ र सनराइजर्स हैदरावादबीच भिडन्त भयो। जसमा लखनउले २७ करोडको बोली लगाएर हैदरावादलाई पछि पारेको थियो।
यसअघि श्रेयसलाई केहीबेरअघि किंग्स इलेभेन पन्जाब २६.७५ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो ।
प्रतिक्रिया