राइट सेयर निष्कासनको अनुमति पाएसंगै एनजिपिएलको सेयर मुल्य बढ्यो

राइट सेयर निष्कासनको अनुमति पाएसंगै एनजिपिएलको सेयर मुल्य बढ्यो


काठमाण्डु – ङादी ग्रुप पावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आइतबार NGPL लाई १ बराबर १ अर्थात, शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको हो ।

कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम आयोजनाको मर्मत संभार गर्नुका साथै नयाँ आयोजनामा लगानी गर्न प्रयोग गर्ने जनाएको छ । १०० प्रतिशत हकप्रद सेयर जारी गरेपछि यसको पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।

ङादी ग्रुप पावर लिमिटेडले गतवर्ष ०.२५ प्रतिशत नगद र ४.५७ प्रतिशत बोनस शेयर गरी कुल ५ प्रतिशत लाभांश दिएको थियो । NGPL को हकप्रदको समाचारसंगै आइतबार सर्किट ब्रेक लागेको थियो । एनजिपिएलको धितोपत्र बोर्डमा १ करोड ८५ लाख १२ हजार ७९३ कित्ता सूचिकृत छ । आइतबारको बजारमा यसको मुल्य ४८ रुपैया बढेर ५४९ पुगेको छ ।