काठमाण्डु-नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–६ स्थित नौकिलोमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३४९० नम्बरको ट्रक नौकिलोमा आइतवार साँझ सडक किनारमा पल्टिएको हो । चामल बोकेको ट्रक पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटनामा मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ का ३८ वर्षका श्याम बजगाईं र सोही स्थानका ३१ वर्षका दीपक मृत्यु भएको हो ।
घाइते हेटौँडा उपमहानगरपालिका–१८ का बलबहादुर कोइरालाको चितवन मेडिकल कलेज र रामेछापका मानबहादुर विकको एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरमा र मकवानपुरगढी गाउँपालिका–६ का २७ वर्षीय सुसन विकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ट्रक चालक मकवानपुरगढी गाउँपालिका–६ का २८ वर्षीय दिनेश पुडासैनी इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा छन् ।
यसैगरी गत शनिबार चितवनको चित्रवन स्कुलका विद्यार्थीहरू सवार बस दुर्घटना हुँदा घाइते भएकामध्ये एक बालकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मृत्यु हुनेमा कालिका नगरपालिका–३ का सावित्री पोखरेलका ८ वर्षीय छोरा आरम्भ पोखरेल छन् ।
गत शनिबार कालिका–४ स्थित चित्रवन स्कुलका विद्यार्थीहरु उपरदाङ्गगढीमा पिकनिक गएर फर्किंदै गर्दा उनीहरु सवार मधेश प्रदेश ०३–०११ क २६७७ नम्बरको बस कालिका–९ मा दुर्घटना भएको थियो । बस दुर्घटनामा २८ जना घाइते भएका थिए ।
प्रतिक्रिया