काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे औपचारिक निर्णय गर्न मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । प्रधानमन्त्री ओलीको सचिवालयले साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्ने जनाकारी दिएको छ ।
बैठकको मुख्य एजेण्डा प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गर्ने रहेको निकटस्थ स्रोतले जानकारी दिएको छ । चिनिया पक्षले प्रधानमन्त्री ओलीको भ्रमण मंसिर १७–२० प्रस्ताव गरेको छ । प्रस्तावमा मंसिर १८ गते प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् ।
परराष्ट्र मन्त्रालयले चीनको प्रस्ताव अनुसारको प्रस्ताव तयार गरेको र मन्त्रिपरिषद्ले त्यसै अनुरुप औपचारिक निर्णय गर्ने प्रधानमन्त्री ओली निकट स्रोतले जानकारी दियो ।
त्यससँगै आजको मन्त्रिपरिषद् बैठकले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने पनि स्रोतले जानकारी दियो । सिफारिस समितिले सिफारिस गरेका डा. नवराज अधिकारी, कृष्णबहादुर कार्की, सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठ मध्य एक जना बोर्डको अध्यक्षमा नियुक्त हुनेछन् ।
प्रतिक्रिया