काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आशन्न चीन भ्रमणबारे सुझाव माग्न बोलाएको पूर्वप्रधानमन्त्री तथा परराष्ट्रमनत्रीहरूको बैठकमा सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उनुपस्थित भएका छन् ।
ओलीले सिंहदरबारमा चीन भ्रमणबारे सुझाव मागिरहँदा देउवा भने जनकपुर पुगेका छन् ।
चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्ने विषयमा सत्तारुढ कांग्रेस र एमालेबीच मतभेद रहेका बेलामा प्रधानमन्त्री ओलीले भ्रमणबारे सुझाव माग्न बोलाएको बैठकमा देउवा अनुपस्थित हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
देउवाले जनकपुर विमानस्थलमा पत्रकारहरूसँग प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणको क्रममा सरकारले ऋण लिन नहुने बताएका छन् । उनले सरकारसँग ऋण लिने सामर्थ्य नरहेको पनि बताए ।
‘लोन नलिने, ऋण नलिने, तर अरु अनुदान लिन हामी तयार छौं,’ पत्रकारहरूसँग देउवाले भने ।
प्रतिक्रिया