१५ अंकले उकालो लाग्यो नेप्से, १६९ कम्पनीको सेयर बढ्यो

१५ अंकले उकालो लाग्यो नेप्से, १६९ कम्पनीको सेयर बढ्यो


काठमाण्डु– सोमबार सेयर बजार उकालो लागेको छ । यसदिन नेप्से १५ अंकले उकालो लागेर परिसुचक २६८३ मा पुगेर रोकियो । आज १ करोड २२ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३४ करोडको कारोबार भएको छ ।

आज कारोबारमा आएका १६९ कम्पनीको सेयर बढेको छ भने ६७ कम्पनीको सेयर घटेको छ । यस्तै ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

यसदिन न्याङ्दी ग्रुपको सर्वाधिक ५४ करोडको कारोबार भयो  भने बेस्ट फाइनान्सको २५ करोड, नेपाल फाइनान्सको २० करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र हाथवे इन्भेस्टमेन्टको १५/१५ करोडको कारोबार भएको छ।

५ कम्पनीको सेयर मूल्य ९ अंकले उकालो लागेका छन् । आज बेस्ट फाइनान्स, सुपरमादी हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, स्वाभिमान लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर ९ प्रतिशतभन्दा माथिले बढेको छ।

ङादी ग्रुप पावर, जानकी फाइनान्स, मध्यभोटेकोशीलगायतको सेयर भने १० प्रतिशतले ओरालो लागेको छ।