काठमाडौं – जापानमा मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय सरकारी वकिल कार्यालयले गरेको छ ।
उनीविरुद्ध मुद्दा चलाउन पर्याप्त आधार र प्रमाण नदेखिएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डुले मुद्दा नचलाउने निर्णय गरेको हो ।
जिल्ला न्यायाधीवक्ता तथा प्रवक्ता सिताराम अर्यालले अन्य ११ जनाविरुद्ध जिल्ला अदालत काठमाण्डुमा मुद्दा दर्ता गरिएको जानकारी दिए । जापानबाट प्रहरी अधिकारीलाई पठाइएको म्यासेज, इन्कार बयान, विमानस्थलको सीसीटीभी फुटेज हेर्दा उनको संलग्न नदेखिएको बताइएको छ । ‘विमानस्थलको सीसीटीभी फुटेजमा उहाँ अन्य ३ युवासँगै गएको देखिँदैन,’ उनले भने ।
प्रहरीले अनुसन्धान गर्नुपर्ने भन्दै उनलाई कात्तिक २५ गते विराटनगरस्थित निवासबाट पक्राउ गरेको थियो । जापान काण्ड चर्किंँदै गएका बेला उनले मन्त्री पदबाट राजीनामा समेत दिनुपरेको थियो ।
यस्ता छन् मुद्दा नचल्ने आधारहरू
प्रतिक्रिया