धितोपत्रले अध्यक्ष पाएको दिन बजार बढयो, २११ कम्पनीमा हरियाली

धितोपत्रले अध्यक्ष पाएको दिन बजार बढयो, २११ कम्पनीमा हरियाली


काठमाण्डु–धितोपत्र बोर्डले अध्यक्ष पाएको दिन सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से ३३ अंकले बढेर परिसुचक २७१६ अंकमा पुगेर रोकियो ।

आज १ करोड ४२ लाख कित्ता सेयर किनबेच हुँदा साढे ७ अर्ब बराबरको कारोबार भयो । कारोबारमा आएका २११ कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ कम्पनीको मूल्य ओरालो लाग्यो । यस्तै १ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

आज कारोबारका आधारमा नेपाल फाइनान्सले सर्वाधिक ४५ करोडको कारोबार गर्यो । यस्तै आज सुपर माइक्रो फाइनान्स, युनाइटेड आइडिआइ मार्दी हाइड्रोपावर र कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढे ।

यस्तै घट्नेमा भने आज थ्री स्टार हाइड्रो अगाडि छ। यो कम्पनीको मूल्यमा नकारात्मक सर्किट लाग्दा कर्णाली विकास बैंकको सेयरमूल्यमा भने ८.४५ प्रतिशतको गिरावट देखिएको छ।