नक्कली नोटसहित २ जना पक्राउ

नक्कली नोटसहित २ जना पक्राउ


सुनसरी – प्रहरीले नक्कली नोटसहित सुनसरीमा २ जनालाई पक्राउ गरेको छ ।

कोशी गाउँपालिका–१ स्थित लौकही बजारबाट नेपाली १ हजार दरका ४ थान नक्कली नोटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारतको बिहारका ३१ वर्षीय रामनाथ राय र मोरङको सुन्दरहरैंचाका २० वर्षीय सन्देश उराव रहेका छन् । लौकही बजारस्थित मनिष किराना पसलमा उनीहरूले सामान किनमेल गरी १ हजारको नोट दिएकोमा नोट नक्कली रहेको शंका लागि पसल धनीले तत्काल प्रहरीलाई खबर गर्नासाथ ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूको साथबाट २ थान र सामान किनेको २ वटा पसलबाट १/१ थान गरी १ हजार दरको नक्कली नेपाली नोट बरामद गरेको छ ।

नक्कली नोट सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।