काठमाडौं – नेपाली काँग्रेसका युवा नेता एवं सांसद् गगन थापाले सरकारले राजधानीका सवारी साधानमा लागू गरेको जोर–बिजोर प्रणालीको अवज्ञा गर्न सर्वसाधारणलाई आह्वान गरेका छन् ।
उनले ट्वीटरमा भनेका छन् ‘सही कामको लागि सरकारले आह्वान गर्दा जोर–बिजोर मात्रै होइन गाडी नै नचलाउन र भोकै बस्न हामी तयार हुनुपर्छ । तर धर्मान्तरको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सकारको निर्णय खेदजनक छ । सरकारको गलत कामको अवज्ञा गर्नु नागरिकको कर्तव्य हो, अवज्ञा गरौं ।’
उनले युथ काँग्रेस नेपालले जारी गरेको विज्ञप्ति पनि ट्वीट गरेका छन् ।
काठमाडौंमा आजदेखि १७ गतेसम्म एशिया प्रशान्त शिखर सम्मेलन हुँदैछ । त्यसका लागि म्यानमारकी स्टेट काउन्सिलर आङ सान सु की, कम्बोडियाका प्रधानमन्त्री हुन सेन लगायतका व्यक्तिहरु काठमाडौं आइपुगेका छन् । सुरक्षाको कारण देखाउँदै सरकारले जोर दिन जोर नम्बर र बिजोर दिन बिजोर नम्बरका गाडी चलाउनु पर्ने व्यवस्था गरेको छ । जसले आजदेखि नै सर्वसाधारणले सास्ती भोग्नु परिरहेको छ
सही कामको लागि सरकारले आव्हान गर्दा जोर-विजोर मात्रै होइन गाडी नै नचलाउन र भोकै बस्न हामी तयार हुनुपर्छ ।तर धर्मान्तरको लागि स्थापना भएकाे विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक छ।सरकारको गलत कामको अवज्ञा गर्नु नागरिकको कर्तव्य हो,अवज्ञा गरौं।
प्रतिक्रिया