एमालेका पूर्वमन्त्री चौधरीको पार्टी सदस्यता निलम्बित

एमालेका पूर्वमन्त्री चौधरीको पार्टी सदस्यता निलम्बित


बुटवल – नेकपा एमाले बाँके जिल्ला कमिटीले लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा सांसद दुर्गा चौधरीको पार्टी सदस्यता निलम्बित गरेको छ ।

चौधरीले पार्टीलाई हानी–नोक्सानी पुर्‍याउने मनसाय राखेर गालीगलौज गर्ने, सामाजिक सञ्जालमा लेख्ने लगायत गतिविधि गरेको आरोपमा सदस्यता निलम्बन गरिएको छ । बाँकेको निर्वाचन क्षेत्र १(२) बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरी तत्कालीन मुख्यमन्त्री लिला गिरीको नेतृत्वको सरकारमा मन्त्री थिए ।

नेकपा एमाले बाँकेका जिल्ला अध्यक्ष निरक गुरुङले पार्टीलाई हानी नोक्सानी पुर्‍याएमा कारवाही हुने प्रावधानअनुसार निलम्बन गरिएको जानकारी दिए । एमालेको जिल्ला सचिवालय बैठक बसेर चौधरीलाई निलम्बनको निर्णय गरिएको छ ।

उनी तत्कालीन माओवादीबाट एमाले प्रवेश गरेका थिए । यसअघि प्रदेश कमिटी उपसचिव रहेका उनी पछिल्लो प्रदेश अधिवेशनमा उपसचिव पदमा पराजित भएका थिए ।