सरकारले खुलायो २ अर्बको नागरिक बचतपत्र र ५० करोड रूपैयाँको वैदेशिक रोजगार बचतपत्र

सरकारले खुलायो २ अर्बको नागरिक बचतपत्र र ५० करोड रूपैयाँको वैदेशिक रोजगार बचतपत्र


काठमाण्डु–सरकारले नागरिक बचतपत्र २०८६ (क) निस्कासनका लागि आवेदन आह्वान गरेको छ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बुधबार सूचना जारी गर्दै २ अर्ब रूपैयाँ बराबरको बचतपत्र बिक्रीका लागि आह्वान गरेको हो।

यस बचतपत्रमा नागरिकले ७.५ प्रतिशत वार्षिक ब्याजदर प्रस्ताव गरिएको छ।इच्छुक नेपाली नागरिकले यस बचतपत्रलाई १३ मंसिरदेखि १४ पुससम्म आवेदन दिन सक्ने छन् । आवेदन प्रक्रिया अनलाइन मार्फत गर्नुपर्नेछ। बचतपत्रको आवेदन फाराम वेबसाइटमा उपलब्ध हुने र आवेदन पोर्टल मार्फत इच्छुक व्यक्तिहरूले आवेदन दिन सक्नेछन्।

यस प्रक्रियामा, आवेदन पेश गर्ने व्यक्तिको बैंक खाता प्रमाणित गर्नुपर्नेछ र आवेदनमा आवश्यक कागजातहरू अनलाइन अपलोड गर्नुपर्नेछ।

बचतपत्रका लागि न्यूनतम आवेदन रकम १० हजार रूपैयाँ निर्धारण गरिएको छ र आवेदन रकमको अधिकतम सीमा कुल निस्कासन रकमको आधारमा तोकिएको छ।

यस्तै कार्यालयले बैदेशिक रोजगार बचतपत्र २०८६ (क) समेत निस्कासन गर्ने भएको छ ।वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर–आवासीय नेपालीहरुबाट बचतपत्र खरीदको लागि आवेदन आव्हान गरिएको हो । यस बचतपत्रको कार्यकाल ५ बर्ष रहनेछ भने ५० करोड रकम निस्कासन हुने छ । यसको बार्षिक व्याजदर ८.५ प्रतिशत रहने व्यवस्थापन कार्यालयले जनाएको छ ।

उक्त बचतपत्र ६–६ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा भुक्तान हुने छ भने आयकर लाग्ने छ ।घटीमा १० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न पाउने छन् ।

यो बचतपत्रको लगानीकर्ताले मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर– आवासीय नेपालीले आफु वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान् श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरीद गर्न सक्ने छन् ।

यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनरदिन सकिने र कार्यालयले प्रयोगमा ल्याएको डीओएमएस र इन्भेस्टर पोर्टलबाट दोस्रो बजार कारोबार गर्न सकिने सुविधा रहेको छ ।

बिक्री खुला हुने अवधी २०८१ मंसीर १३ गतेदेखि ढिलोमा २०८१ पुस १४ गतेसम्म रहने छ भने निस्कासन मिति ढिलोमा २०८१ पुस १६ गते रहने छ । यस्तै सावा भुक्तानी मिति ढिलोमा २०८६ पुस १६ गते हुनेछ ।

आवेदन खरिदकर्ताको बजार निर्माताले रुजु गरी स्वीकृत गर्ने व्यवस्था गरिएको छ ।बैंक तथा वित्तीय संस्थाले आवेदकको खाता रूजु गरी आवेदन गरिएको रकम बराबर निष्कासन मितिसम्म रोक्का राख्नु पर्नेछ र निष्कासन मितिमा नेपाल सरकारलाई रकम बुझाउनु पर्ने भएकाले खण्डित अवधिको ब्याज रकम भुक्तानी दिइने छैन ।

यो बचतपत्र स्टकको रुपमा जारी हुने छ भन बचतपत्र निष्कासन हुने दिन (२०८१ पुस १६गते १बजे भित्र बैंक तथा वित्तीय संस्थाले आवेदकको खातामा खर्च लेखी नेपाल सरकारको खातामा रकम जम्मा गर्नुपर्ने सूचनामा उल्लेख छ ।

कागजजातमा कार्यरत मुलुकको प्रवेशाज्ञा,खरिद गर्न चाहेको रकम बराबरको विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाण र आवेदन बराबरको रकम आफ्नो बैंक खाताबाट खर्च गर्न स्वीकृति दिएको अनुसूची ३ बमोजिमको ढाँचामा अख्तियारी पत्र अनिर्वार्य रुपमा (https://investor.doms.gov.np)  पेस गर्नु पर्नेछ ।