काठमाण्डु– मंसिर १५ गतेदेखि हने एनपीएलमा विराटनगर किंग्सले उपाधि जिते कोशी प्रदेश सरकारले ३० लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर किंग्सले एनपीएल जिते ३० लाख पुरस्कार दिने घोषणा गरेका हुन् ।
विराटनगरका किङ्सका खेलाडीलाई बिदाइ गर्दै मुख्यमन्त्री कार्कीले उपाधि जिते ३० लाख पुरस्कार दिने घोषणा गरे ।
एनपीएल १५ गते सुरु भएर पुस ६ गते सकिने छ ।
प्रतिक्रिया