सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई रिहा गर्न अस्वीकार

सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई रिहा गर्न अस्वीकार


काठमाण्डु – सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

उनलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले खारेज गरिदिएको छ ।

बुधबार न्यायाधीशद्वय पौगेल र पाण्डेयको इजलाशले प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको रिट खारेज गरेको हो । निराजनले गृह मन्त्रालय समेतलाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्ने आरोप लगाएपछि साइबर अपराधमा प्रसाईंलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको थियो।