काठमाण्डु – प्रहरीले राजधानी काठमाण्डुबाट विश्वभर करोडौंको अनलाइन जुवा खेलाउने १ जनालाई पक्राउ गरेको छ ।
बेटिङ एप्लिकेसनमार्फत विश्वभर सञ्चालन हुने अनलाइन खेलअन्तर्गत जुवा (सट्टेबाजी) गर्ने र गराउने सुनिल राई पक्राउ परेका हुन् ।
काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार पक्राउ पर्नेमा पाँचथर जिल्लाको मिक्लाजुङ गाँउपालिका–७ का ३७ वर्षका सुनील राई हुन् । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–४ अफलटोल बस्दै आएका राईले ७५ वटा बैंक खाता, १२८ ईसेवा वालेटबाट ५५ करोड २० लाख ८४ हजार ७१ रुपैयाँ बराबरको कारोबार गरेको खुल्न आएको छ ।
आरोपी राईबाट एनसेल कम्पनीका ७० सिमकार्ड, ११ नागरिकता, १५ राहदानी, २२ चेकबूक र ४२ थान एटीएम कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया