च्याम्पियन्स लिग : लिभरपुल २-०ले विजयी

च्याम्पियन्स लिग : लिभरपुल २-०ले विजयी


काठमाण्डु-युरोपेली च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले रियल मड्रिडलाई हराएको छ । गएराति भएको खेलमा लिभरपुलले रियल मड्रिडलाई २–० ले हराएको हो ।

गएराति भएका अरु खेलमा एस्टन भिला र युभेन्ट्सले गोलरहित बराबरी खेलेका छन् । यस्तै बेनिफिकाले मोनाकोलाई ३–२ ले हराउँदा साख्तर डोनेत्स्क पनि पीएसभीसँग ३–२ ले पराजित भएको छ ।

यसैगरी सेल्टिक र क्लब ब्रुग्गीले १–१ गोलको बराबरी खेलेका छन् भने लिले ओलम्पिकले बोलोग्नालाई २–१ ले हराएको छ । यसअघि हिजोको खेलमा भीएफबी स्टुटगाट क्रेभेना जेभेज्दासँग र स्पोर्टिङ क्लब आर्सनलसँग समान ५–१ गोलले पराजित भएका थिए ।

यस्तै एसके एटुर्म ग्राजले गिरोनालाई १–० गोलले हराएको थियो भने बोरुसिया डर्टमन्डले डिनामो जग्रेबलाई ३–० गोलले हराएको छ ।

यसैबीच युरोपेली च्याम्पियन्स लिग फुटबलमा आज राति पनि नौ वटा खेल हुँदैछन् । आज राति साढे ११ बजे क्रेभेना जेभेज्दा र भीएफबी स्टुटगार्ट तथा एसके एटुर्म ग्राज र गिरोना खेल्दैछन् ।

यस्तै राति पौने २ बजे एस्टन भिला र युभेन्ट्स, मोनाको र बेनिफिका, पीएसभी र साख्तर डोनेत्स्क खेल्दैछन् । राति पौने २ बजे नै लिभरपुल र रियल मड्रिड, सेल्टिक र क्लब ब्रुग्गी, बोलोग्ना र लिले ओलम्पिक स्पोर्टिङ क्लब तथा डिनामो जग्रेब र बोरुसिया डर्टमन्ड खेल्दैछन् ।

च्याम्पियन्स लिगमा इन्टर मिलान १३ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै बार्सिलोना दोस्रो र लिभरपुल तेस्रो स्थानमा छन् ।