काठमाण्डु-संसदका संसदीय समितिका सदस्यहरू बैठक रोकेर उपनिर्वाचन प्रचारप्रसारमा लागेका छन् ।
पार्टीले खटाएपछि समितिका सदस्यहरू आआफ्नो क्षेत्रमा हुने स्थानीय तहको उपनिर्वाचनको प्रचारमा लागेका हुन् । आफ्नो गृहजिल्लानजिक पर्ने निर्वाचन क्षेत्रमा उनीहरूलाई खटाइएको छ ।
उनीहरू उपनिर्वाचन प्रचारमा लागेपछि संसदीय समितिका बैठकहरू प्रभावित भएको छ । समितिका प्रायः सबै सदस्यहरू नतिजा नआएसम्म फर्कने सम्भावना नदेखिएको संसद् सचिवालयका अधिकारीहरू बताउँछन् ।
मंसिर १६ स्थानीय तहका ४४ रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ ।
प्रतिक्रिया