काठमाण्डु- मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बैठक साँझ ५ बजे सिंहदरबारमा बोलाइएको छ । बैठकले प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणलाई स्वीकृत गर्नेछ ।
प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जाँदै छन् । यद्यपी चीन भ्रमणको औपचारिक घोषणा भइसकेको छैन । सम्भवतः आज बस्ने बैठकले प्रधानमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा गर्नेछ । बैठकमा चीन भ्रमणका एजेन्डाका बारेमा पनि छलफल हुनेछ ।
भ्रमणका लागि प्रधानमन्त्री ओलीको नेतृत्वमा ४० सदस्यीय टोली भने तय भइसकेको छ । प्रधानमन्त्रीको भ्रमणको तयारीस्वरुप परराष्ट्रमन्त्री डा. आरजु राणा आज चीन प्रस्थान गर्दैछिन् ।
मन्त्री राणाले शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा भेटवार्ता गर्ने छिन् । उनी शनिबार स्वदेश फर्किने छिन् । भेटमा प्रधानमन्त्रीको भ्रमण दुई देशको आपसी हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले बताएको छ ।
प्रतिक्रिया