वनमन्त्री ठकुरी र दक्षिण कोरियाका राजदूतबीच भेटवार्ता

वनमन्त्री ठकुरी र दक्षिण कोरियाका राजदूतबीच भेटवार्ता


काठमाण्डु – वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेयोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा बिहीबार भएको भेटवार्तामा मन्त्री शाहीले सन् १९७४ देखि दक्षिण कोरिया र नेपालबीचको सम्बन्ध कायम रहेको र यस्ता भेटले २ देशबीचको सम्बन्ध थप प्रगाढ हुँदै जाने बताए ।

मन्त्री शाहीले नेपालले हालै सम्पन्न कोप–२९ मा कार्बन व्यापारको विषय उठाएको र मुद्दा सफल भएको उल्लेख गरे । दक्षिण कोरियाले नेपालको विकास निर्माणमा सहयोग गरिरहेको र भावी दिनमा पनि कोरियाले नेपालको विकासमा सहयोग गर्ने अपेक्षा राखेको मन्त्री शाहीको भनाइ थियो ।