काठमाण्डु – सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण तालिका स्वीकृत गरेको हो ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलले मंसिर १७ देखि ५ दिने चीन भ्रमण गर्दैछ ।
भ्रमणको तयारीका लागि चिनियाँ विदेशमन्त्रीलाई भेट्न परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चीन प्रस्थान गरेकी छन् ।
प्रतिक्रिया