काठमाण्डु –भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने झापा घर भएका हरि प्रसाद फुयाँललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।
फुयाँलले भारतमा बसेर नेपालका व्यवसायीलाई फोनमार्फत धम्क्याउने गरेको आरोपमा पक्राउ गरिएको ब्यूरोका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले जानकारी दिए ।
उनलाई नेपाल–भारत सिमानास्थित पानी ट्यांकीबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको छ । फुयाँलले दुर्गा प्रसाईँ नेतृत्वको दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई सहयोग नगरे सिध्याउने धम्की दिने गरेका थिए ।
फुयाँले व्यवसायीलाई फोन गर्दै ‘म लरेन्स ग्याङबाट हुँ, दुर्गा प्रसाईँले हिन्दु धर्म जोगाउन लडेको हुनाले उहाँलाई आर्थिक सहयोग गर्नुस् ।’ भन्दै थर्काउथे ।
प्रतिक्रिया