काठमाण्डु – एसीसी यू–१९ एसिया कपमा नेपालले बंगलादेशलाई जितका लागि १४२ रनको लक्ष्य दिएको छ । आफ्नो दोस्रो खेलमा नेपालले पहिला ब्याटिङ गर्दै १४१ रनमा अलआउट भएको हो ।
यूएईको दुवई इन्टरनेशनल क्रिकेट स्टेडियममा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोली ४५.४ ओभरमा १ सय ४१ रन बनाएर अलआउट भयो।
ओपनर आकाश त्रिपाठीले ४३ रन बनाए । उनले ७७ बलमा ५ चौका प्रहार गरे।
विकेटकिपर उत्तम थापा मगर २९ रन बनाएर रनआउट भए। अविशेक तिवारीले २९ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बंगलादेशका लागि मोहम्मद रिजन हुसैन, मोहम्मद अल फहाद र मोहम्मद इकवाल हसन इमोनले समान २ विकेट लिए। साद इस्लाम रजिन, राफी उज्मान राफी र अजिजुल हाकिमी तमिमले समान एक विकेट लिए ।
प्रतिक्रिया