काठमाण्डु– एसीसी यू–१९ एसियाकपमा बंगलादेशसँग नेपालले हार व्यहोरेकोे छ। नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको हो।
युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा नेपालले दिएको १४२ रनको लक्ष्य बंगलादेशले ५ विकेट क्षतिमा २८.४ ओभरमा पूरा गरेको हो।
मोहम्मद अजिजु हाकिम तामिम र जवाद अबरारले १ सय ९ बलमा ९० रनको साझेदारी गरे ।ओपनर जवादले ५९ र हाकिम तामिमले ५२ रनको महत्वपुर्ण योगदान दिए। बंगलादेशका ३ ब्याटर शून्य रनमा आउट भए। फरिद हसनले १३ रन थपे।
नेपालका लागि युवराज खत्रीले चार विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४५ ओभर ४ बलमा १४१ रनमा समेटिएको हो । नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रन जोडे ।
अभिषेश तिवारी र उत्तम मगरले २९–२९ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा बंगलादेशका रिजन हसन, इकबाल हुसेन इमन र अल फहादले दुईदुई विकेट लिए । पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको थियो ।
प्रतिक्रिया