एनपीएल : काठमाडौंले चितवनलाई दियो ११२ रनको लक्ष्य

एनपीएल : काठमाडौंले चितवनलाई दियो ११२ रनको लक्ष्य


काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा काठमाडौं गुर्खाजले चितवन राइनोजलाई ११२ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनायो ।

काठमाडौंका सुमित महर्जनले सर्वाधिक २९ रन, माइकल लेभिट २५, स्टेफन इस्किनाजी २, जेहार्ड एरासमस ४, भीम सार्की १, रसिद खान ४, कप्तान करण केसी १, शाहब आलम १ र शंकर राना ११ रन जोडेर आउट भए भने ड्यान डौथवेट १९ र दीपेश कंडेल १ रनमा अविजित रहे ।

चितवनकालागि सोहेल तनवीरले सर्वाधिक ५ विकेट लिए भने कप्तान कुशल मल्ल, रिजन ढकाल, ल्यूक मार्टिन बेनकेन्स्टाइन र अमंरसिंह रौटेलाले समान एक– एक विकेट लिए ।