एनपीएल क्रिकेट : चितवन राइनोजले काठमाडौँलाई ५ विकेटले हरायो

एनपीएल क्रिकेट : चितवन राइनोजले काठमाडौँलाई ५ विकेटले हरायो


काठमाण्डु–नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आजको पहिलो खेलमा चितवन राइनोजले जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिबी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमामा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई ५ विकेटले हराएको हो ।

काठमाडौँ गुर्खाजले दिएको ११२ रनको लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो । चितवनका सन्तोष कार्कीले सर्वाधिक अविजित २८ रन, ल्यूक मार्टिन बेनकेन्स्टाइले २२ रन बनाए।

शरद भेषावकर अविजित ११ रन, हसन इशाखिलले १२, कप्तान कुशल मल्ल ११ , दीपक बोहराले ७, रवि बोपारा ११ रन जोडे । काठमाडौँ गुर्खाजका साहब आलमले ३ विकेट लिए भने जेरहार्ड एरास्मस र डन डउथवेटले पनि एक–एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौँ गुर्खाजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो ।

काठमाडौंका सुमित महर्जनले सर्वाधिक २९ रन, माइकल लेभिट २५, स्टेफन इस्किनाजी २, जेहार्ड एरासमस ४, भीम सार्की १, रसिद खान ४, कप्तान करण केसी १, शाहब आलम १ र शंकर राना ११ रन जोडेर आउट भए भने ड्यान डौथवेट १९ र दीपेश कंडेल १ रनमा अविजित रहे ।

चितवनकालागि सोहेल तनवीरले सर्वाधिक ५ विकेट लिए भने कप्तान कुशल मल्ल, रिजन ढकाल, ल्यूक मार्टिन बेनकेन्स्टाइन र अमंरसिंह रौटेलाले समान एक– एक विकेट लिए ।