काठमाण्डु– जारी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्टस्लाइ १४२ रनको लक्ष्य पाएको छ ।
टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनायो ।
कर्णालीका लागि गुल्सन झाले सर्वाधिक ३६ रन, अर्जुन घर्तिले ३३, सोमपाल कामीले २९, शिखर धवन १४ रन जोडे भने अरु व्याटर राम्रो चल्न सकेनन् ।
जनकपुरका लागि मोहम्मद मोहसिनले २ विकेट लिए भने किशोर महतो, ललित राजवंशी, हर्ष ठाकेर र जेम्स निसमले समान एक एक विकेट लिए।
लगातार दोस्रो जितको खोजीमा रहेको जनकपुरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
प्रतिक्रिया