काठमाण्डु– जारी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो खेलमा जनकपुर बोल्टस्ले विजयी सुरुवात गरेको छ ।टीयू क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले हराएको हो ।
कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य पछ्याएको जनकपुरल १५.१ ओभरमा २ विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो ।कर्णाली याक्सविरुद्द जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार शाहले अर्धशतक पूरा गरे । ६२ रनमा अविजित रहे ।अनिल र आसिफ शेखले जनकपुरको पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए ।
आसिफ ३६ रनमा आउट हुँदा लाहिरू मिलन्थाले २४ रन जोडे । जिमी निशम १६ रनमा अविजित रहे । बलिङमा कर्णालीका मौसम ढकाल र जिशन मक्सुदले एकएक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनायो । कर्णालीका लागि गुल्सन झाले सर्वाधिक ३६ रन, अर्जुन घर्तिले ३३, सोमपाल कामीले २९, शिखर धवन १४ रन जोडे भने अरु व्याटर राम्रो चल्न सकेनन् ।
जनकपुरका लागि मोहम्मद मोहसिनले २ विकेट लिए भने किशोर महतो, ललित राजवंशी, हर्ष ठाकेर र जेम्स निसमले समान एक एक विकेट लिए।
प्रतिक्रिया