रास्वपाले देशैभर १ सिट जितेपछि भन्यो – यो चुनाव नयाँ अनुभवका रूपमा रह्यो

रास्वपाले देशैभर १ सिट जितेपछि भन्यो – यो चुनाव नयाँ अनुभवका रूपमा रह्यो


काठमाण्डु – देशैभर भएको स्थानीय तह उपनिर्वाचनमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाण्डु महानगरपालिका–१६ मा वडाध्यक्ष जितेपछि यो चुनाव एक नयाँ अनुभवका रूपमा रहेको जनाएको छ ।

चुनाव सकिएपछि रास्वपा स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘काठमाण्डु महानगरपालिका वडा नं. १६ मा वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठको विजयले महानगरमा हामी १ महिला वडाध्यक्ष प्रवेश गराउन सफल भएका छौं ।’

लोकतन्त्रले महत्त्वपूर्ण अंगका रूपमा रहेको आवधिक निर्वाचनमा सहभागी हुने औसत मतदाता घट्दो क्रममा रहेका रास्वपाको निष्कर्ष छ । ‘यसले नागरिक मताधिकारको अभ्यासमा मतदाताहरूमा वितृष्णा तथा निराशा देखिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

रास्वपाले आफ्ना उम्मेदवारलाई मतदान गर्ने सबैप्रति आभार व्यक्त गरेको छ ।