काठमाण्डु – चीनको ४ दिने भ्रमणका लागि बेइजिङ पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ वैदेशिक मामिला उपमन्त्री बेइदोङले स्वागत गरेका छन् ।
सोमबार बिहान औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका प्रधानमन्त्री ओली साँझ ६ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् ।
प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली सोमबार बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट चीन प्रस्थान गरेको हो ।
सोमबार बेइजिङ पुगेका प्रधानमन्त्री ओलीले मंगलबारदेखि द्विपक्षीप भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया