एमाले कोशी प्रदेशसभा प्रमुख सचेतकमा विदुर नियुक्त

एमाले कोशी प्रदेशसभा प्रमुख सचेतकमा विदुर नियुक्त


विराटनगर – नेकपा एमाले कोशी प्रदेश सभको प्रमुख सचेतकमा विदुरकुमार लिङ्थेप नियुक्त भएका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विदुरलाई प्रमुख सचेतकमा नियुक्त गरेका छन् ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलको विधान २०७७ को दफा ८ बमोजिम उनलाई प्रमुख सचेतकमा नियुक्त गरिएको छ । लिङ्थेप प्रदेश सभामा निर्वाचित हुनुअघि संखुवासभाको मादी नगरपालिकाको मेयर रहेका थिए ।

निवर्तमान प्रमुख सचेतक रेवतीरमण भण्डारी आन्तरिक मामिला तथा कानून मन्त्री भएपछि रिक्त पदमा मुख्यमन्त्री कार्कीले उनलाई नियुक्त गरेका छन् ।