कांग्रेसको द्वन्द्व व्यवस्थापन विभागमा १० सदस्य मनोनित

कांग्रेसको द्वन्द्व व्यवस्थापन विभागमा १० सदस्य मनोनित


काठमाण्डु – नेपाली कांग्रेसले द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा १० सदस्य मनोनित गरेको छ ।

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे प्रमुख रहेको विभागमा विभिन्न व्यक्तिलाई मनोनयन गरेका हुन् ।

मनोनयन गरिएकाहरूमा गणेश चन्द (सल्यान), मधुसुदन पाण्डेय (काठमाण्डु), हेमलाल पुन (गुल्मी), धर्मराज न्यौपाने (अछाम), सिर्जना सिंह श्रेष्ठ (काठमाण्डु), रेखा प्रसाई (सुनसरी), जुमराती नदाफ (धनुषा), लक्ष्मी परियार (तनहुँ), रेणु चौधरी (कैलाली) र अनिता अर्याल (चितवन) रहेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।